असार २२, चितवन । चितवनको एक विद्यालयले एक महिना १५ दिनको भाडा ३० लाख छुट गरेको छ । कोभिड–१९ सँगै गरिएको लकडाउनले भाडामा बस्नेको व्यवसाय प्रभावित भएको भन्दै भरतपुरमा रहेको चितवन माविले भाडा छुट गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम लामिछानेका अनुसार सटर भाडा लिएकाबाट मासिक भाडा २० लाख रुपैयाँ उठ्ने गर्दछ । एक महिना १५ दिनको भाडा छुट गरिएको हो । सोही जग्गामा रहेको चितवन मेडिकल कलेजले वार्षिक रु ५० लाख भाडा तिर्ने गर्दछ । त्यस संस्था र मुद्दामा रहेको एक पेट्रोलपम्पबाहेक सटर भाडामा लिएकाको भाडा छुट गर्ने विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको जनाएको छ ।