डेरावाल हत्या प्रकरण : तीन जना आरोपितलाई हिरासतमा राख्न अनुमति

Post Thumbnail

भाद्र २८,काठमाडौँ । कीर्तिपुर नगरपालिका–७, भाजंगलमा घेरबेटीले डेरावालाको हत्या गरेको प्रकरणमा तीन जना आरोपितविरुद्ध ५ दिन म्याद थप भएको छ ।

जिल्ला अदालत, काठमाडौंले अनुसन्धानका लागि घरबेटी ६६ वर्षीय प्रेमकृष्ण महर्जन, दुई छोरा परमेश्वर महर्जन र प्रमोद महर्जनलाई हिरासतमा राख्न अनुमति दिएको हो । म्याद थप भएको अवधिमा घटनाबारे विस्तृत अनुसन्धान हुने काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले बताए ।

शुक्रबार सामान्य विवादमा प्रेमकृष्णले घरको आग्लोले हानेर भाजंगलमा डेरा गरी बस्ने ४२ वर्षीया शम्भु चौधरी भनिने शम्भु महतोको हत्या गरेका थिए । उनको स्थायी घर भारतको चम्पापुरण हो ।

ताजा अपडेट

खोजी गर्नुहोस