नेपालमा बसेर गैरकानुनी कार्यमा संलग्न भएका ३३२ विदेशी देश निकाला

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ फागुन १७, सोमबार (४ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

फागुण १७, काठमाण्डौ । पर्यटकलगायत विभिन्न भिसामा प्रवेश गरी नेपालमा बसेर गैरकानुनी कार्यमा संलग्न भएको पाइएपछि सरकारले ३ सय ३२ जना विदेशी नागरिकलाई देश निकाला गरेको छ ।
सन् २०२० भित्र विभिन्न २० मुलुकमा ती विदेशी नागरिकले भिसामा आएर विभिन्न गैरकानुनी धन्दा गरेको पाइएपछि अध्यागमन विभागले देश निकाला गरेको हो । देश निकाला हुनेमा सुन तस्करीदेखि मानव बेचविखनसम्मका १७ प्रकारका कसुरमा संलग्न छन् । विभागका अनुसार पर्यटक वा गैरपर्यटक भिसामा नेपाल प्रवेश गरी विभिन्न आपराधिक गतिविधिमा संलग्न विदेशी नागरिकलाई देश निकाला गरिएको हो ।

विभागका अनुसार भिसा विपरीतको कार्यमा संलग्न १ सय ६४, ओभरस्टे ९समयावधिभन्दा बढी बसेका० ९२, शंकास्पद राहदानीमा संलग्न १३ र लागु औषधमा ९, जाली राहदानीमा ८ तथा बिना भिसा नेपाल प्रवेश गरेका ७ जना विदेशी छन् । त्यसैगरी आन्दोलनमा सहभागी भएका ३, चोरीमा २, मानव तस्करीमा ३, सुन निकासी पैठारीमा २, विदेशी मुद्रा अपचलनमा २, राहदानी दुरुपयोगमा संलग्न ३ तथा राजस्व चुहावट तथा बैंकिङ कसूर, अभद्र व्यवहार लगायतमा संलग्न १३ जना छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस