सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही ठाउँमा आज पानी पर्ने सम्भावना

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० बैशाख ७, बिहिबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

बैशाख ७,काठमाडौँ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही ठाउँमा आज पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ । यस्तै, आज बेलुकीपख बाग्मती र कोही प्रदेशका पहाडी क्षेत्रका एकरदुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने मौसमविद् गोविन्द झाले बताए ।

हिजो पनि ताप्लेजुङ, जोमसोम, दार्चुला, डडेल्धुरा लगायत केही ठाउँमा पानी परेको थियो । हिजोदेखि स्थानीयसँगै पश्चिमी वायुको प्रभाव परेको छ । अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

मौसमविद् गोविन्द झाका अनुसार पश्चिमी वायुको प्रभाव पश्चिमी क्षेत्रमा धेरै परेको छ । देशभर भने फैलिन बाँकी छ । भोलि भने यो प्रणालीको प्रभाव देशभर पर्ने सम्भावना रहेको मौसमविद् झाले बताउनुभयो । उहाँका अनुसार मौसम बदली भए पनि काठमाण्डौमा भने तत्काल पानी पर्ने सम्भावना छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस