क्रिकेटर सन्दीप विरुद्धको बलात्कार मुद्दामा क्षतिपूर्तीको सुनुवाइ आज हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० अषाढ ११, सोमबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार ११, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँमा वादी पक्षको माग बमोजिम क्षतिपूर्तिको मुद्दामा सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँले मागेअनुसारको स्वास्थ्य परिक्षणको प्रतिवेदन अस्पतालले पठाएपछि सोमबारका लागि सुनुवाइ तोकिएको हो ।

वादी पक्षले क्षतिपूर्तीको लागि सन्दीपसँग १० लाख माग गरेपनि अदालतले खारेज गरेको थियो । यद्यपि पीडित राहत कोशमार्फत् सर्वोच्चले क्षतिपूर्तिको विषय उठाएको थियो । जसका कारण वादी पक्षले क्षतिपूर्ति माग गर्दै पुनः जिल्ला अदालतमा निवेदन दिएका थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस