सम्पर्कविहिन २६ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन हेडक्वार्टरको सूचना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १०, आईतबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर १०,काठमाडौँ । लामो समयदेखि सम्पर्कमा नआएका प्रहरीको विभिन्न पदमा कार्यरत २६ जना प्रहरीको नाममा प्रहरी प्रधान कार्यालयले हाजिर हुन सूचना निकालेको छ ।

प्रहरीको प्रधान कार्यालयले आज निकालेको सूचनामा विभिन्न पदमा कार्यरत रही सम्पर्कविहीन भएका २६ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन भनिएको छ ।

आफूखुसी कार्यालयमा गैरहाजिर रहेका उनीहरुलाई प्रहरी प्रधान कार्यालयले खोजी गरेको हो । पहिलो पटक सूचना जारी गर्दा हाजिर नभएपछि प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुनेबारेको सार्वजनिक सूचना निकालेको हो ।

बाटोको म्यादबाहेक ७ दिनभित्र स्पष्टीकरणसहित हाजिर नभएमा सेवाबाट हटाउने सूचनामा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस