धनगढीमा तीन किलो चरेससहित एम्बुलेन्स चालक पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २५, सोमबार (१ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

मंसिर २५, धनगढी । बझाङको रायल प्राथमिक स्वास्थ्य चौकी देउराका एम्बुलेन्स चालक तीन किलो चरेससहित पक्राउ परेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–४ पुरानो यातायात कार्यालय नजिकबाट चरेससहित एम्बुलेन्ससहित चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर–३ दाप्रु बस्ने ३७ वर्षीय रामबहादुर खाती सुदूरपश्चिम प्रदेश ०१००१ झ ०५४२ नम्बरको एम्बुलेन्ससहित पक्राउ परेका हुन् । खातीको साथबाट २ किलो ८ सय ग्राम चरेस फेला परेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस