भगवान शिव

आज भगवान शिवको बिषेश दिन, यसरी गर्नुहोस् पुजा तथा आराधना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ १०, सोमबार (११ महिना अघि)
  • १२७ पटक पढिएको
आज भगवान शिवको बिषेश दिन, यसरी गर्नुहोस् पुजा तथा आराधना

असार १०, काठमाडौँ । आज २०८१ साल असार १० गते सोमबार तदनुसार सन् २०२४ जुन २२ तारिख। असार कृष्ण पक्षको तृतिया तिथि ।
हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ ।

शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ । त्यस्तै ज्ञान प्राप्ति हुन्छ । अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझै पनि छ ।

#भगवान शिव

ताजा अपडेट

खोजी गर्नुहोस