चट्याङ

दाङमा चट्याङ लागेर एक बालकको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ ११, मंगलबार (११ महिना अघि)
  • ८० पटक पढिएको
दाङमा चट्याङ लागेर एक बालकको मृत्यु

असार ११, काठमाण्डौँ । दाङको तुलसीपुरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका ४ खाद्रेका १० वर्षीय सुवास बिकको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सोमबार साँझ घरको आँगनमा खेलिरहेका बेला परेको चट्याङ लाग्दा उनको मृत्यु भएको हो ।

गम्भीर अवस्थाका बालकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याउँदा चिकित्कसले बालकको पहिल्यै मृत्यु भइसकेको बताएका थिए ।

#चट्याङ

 

ताजा अपडेट

खोजी गर्नुहोस