सरुवा

नेपाल प्रहरीका पाँच एसपीको काज सरुवा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ५, शनिबार (१० महिना अघि)
  • ७३ पटक पढिएको
नेपाल प्रहरीका पाँच एसपीको काज सरुवा

साउन ५, काठमाडौँ । प्रहरी प्रधान कार्यालयले पाँच प्रहरी उपरीक्षक एसपीको काज सरुवा गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरमा हरिहरनाथ योगी र तनहुँमा वीरेन्द्र बहादुर शाहीलाई पठाइएको प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले जनाएको छ ।

त्यस्तै, तनहुँमा कार्यरत अपिलराज बोहरालाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा पठाइएको छ ।
४ महिना अघि तनहुँमा गएका बोहरा अवधि नपुग्दै तानिएका हुन् । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा कार्यरत राम प्रकाश शाह राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा भएका छन् । उदयपुरका एसपी रमेश थापाको प्रहरी प्रधान कार्यालय स्थित अन्वेषण योजना तथा विकाश निर्देशनालयमा सरुवा भएको छ ।

# सरुवा

ताजा अपडेट

खोजी गर्नुहोस