सुक्खा पहिरो जाँदा अवरुद्ध अरनिको राजमार्ग खुल्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र १, शनिबार (९ महिना अघि)
  • ८७ पटक पढिएको
सुक्खा पहिरो जाँदा अवरुद्ध अरनिको राजमार्ग खुल्यो

भाद्र १,काभ्रे । सुक्खा पहिरो जाँदा आज बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग खुलेको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ मा पहिरो खस्दा आज बिहान छ बजेदेखि सडक अवरुद्ध भएको थियो । प्रहरी चौकी पाँचखालका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक विष्णु फुँयालले पहिरो पन्छाएर सडक खुलाएको बताए ।

सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ गाडी रोकिएका थिए । साना गाडीलाई वैकल्पिक सडकबाट पठाइएको थियो । राजमार्गको जिरोकिलो–दोलालघाट सडकखण्डमा यसअघि पनि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस