देशभर मनसुनी वायुको प्रभाव : आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ४, मंगलबार (९ महिना अघि)
  • ४८ पटक पढिएको
देशभर मनसुनी वायुको प्रभाव : आज यी स्थानमा भारी वर्षाको सम्भावना

भाद्र ४, काठमाण्डाैँ ।  देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ।

हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम तथा एक-दुई स्थानमा भारी वर्षा समेत भैरहेको छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस