|klx/f]df a]kQfsf] vf]hL ul/Fb} bdf}nL -tgx'F_, @# c;f/M tgx'Fsf] z'Snfu08sL gu/kflnsf–& sfp/]df zlgaf/ klx/f]n] 3/ k'l/P/ a]kQf ePsfsf] cfOtaf/ laxfg vf]hL ul/Fb} . klx/f]df k'l/P/ a]kQf Ps dlxnfsf] zj e]l6Psf] 5 eg] b'O{ hgf a]kQf 5g . tl:a/M s[i0f Gof}kfg]÷ /f;;
भाद्र ४, काठमाण्डाैँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ७५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिरोलगायत विपद्मा परी काठमाडौं उपत्यकामा तीन जना, कोशी प्रदेशमा २७ जना, मधेस प्रदेशमा आठ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा एक सय ७५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
उनकाअनुसार बाढीपहिराबाट काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५५ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी जम्मा दुई सय २४ जना घाइते भएका छन्।