नागढुङ्गामा ठूलो पहिरो, सवारी आवागमन ठप्प

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ५, बुधबार (९ महिना अघि)
  • २६३ पटक पढिएको
नागढुङ्गामा ठूलो पहिरो, सवारी आवागमन ठप्प

भाद्र ५, काठमाडौँ । काठमाडौं प्रवेशको मुख्य नाका नागढुङ्गा नजिक पहिरो जाँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।
काठमाडौं प्रवेशको मुख्य नाका त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा नजिक पहिरो दुवैतर्फको जाँदा सवारी आवागमन रोकिएको हो ।

नागढुङ्गा प्रहरी इन्चार्ज प्रहरी निरीक्षक हेमकुमार थपलियाका अनुसार चेक पोइन्टबाट करिब तीन सय मिटर टाढा ठूलो पहिरो गएको छ । अहिले पनि पहिरो खस्ने क्रम रोकिएको छैन। पानी परिरहेकोले पहिरो खस्ने क्रम नरोकिएको हो । थपलियाका अनुसार दुवैतर्फ पहिरो पन्छाउन डोजरलाई स्टान्डबाइ राखिएको छ। पहिरो खस्न रोकिएपछि पहिरो पन्छाएर आवागमन सहज गरिने थपलियाको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस