मौसम

आजको मौसम : आज यी स्थानमा भारी वर्षा हुने, सचेत रहन आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ६, बिहिबार (९ महिना अघि)
  • ९८ पटक पढिएको
आजको मौसम : आज यी स्थानमा भारी वर्षा हुने, सचेत रहन आग्रह

भाद्र ६, काठमाडौँ । आज कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भए पनि कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ ।

त्यसैगरी आज राति सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाइएको छ । भारी वर्षा हुने स्थानमा रहेका मानिसहरूलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

#मौसम

ताजा अपडेट

खोजी गर्नुहोस