रुकुम पश्चिममा बरुण धितालको घर भत्कँदा २२ बाख्रा मरे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ६, बिहिबार (९ महिना अघि)
  • ३९ पटक पढिएको
रुकुम पश्चिममा बरुण धितालको घर भत्कँदा २२ बाख्रा मरे

|रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-३ मा रहेको पेदिगाउँ । सानीभेरी नदि किनारामा रहेकाले सिँचाइको राम्रो सुविधा हुँदा गाउँमा कृषिजन्य उत्पादन पनि राम्रो हुने गरेको छ । तस्बिर ः बलबहादुर ओली(बलेन्द्र) / रासस

भाद्र ६, काठमाण्डौँ ।  रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१०, बयाल्यामा बरुण धितालको घर भत्कँदा २२ बाख्रा मरेका छन् । गए राति धितालको घर भत्कँदा २२ बाख्रा पुरिएर मरेका हुन् । त्यहाँका तीन बाख्रा भने घाइते अवस्थामा रहेका वडाध्यक्ष हरिबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार, गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले घर चिराचिरा परेको थियो । सोही घर भत्कँदा बाख्रा मरेका हुन् । घरमा रहेका अन्तपात र भाँडावर्तनमा पनि क्षति पुगेको वडाध्यक्ष चन्दले जानकारी दिए ।

घरपरिवार अस्थायी आवास (टहरो)मा बसेकाले मानवीय क्षति भएको छैन । अरू क्षतिको विवरण संकलन भइरहेको वडाध्यक्ष चन्दले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस