दुर्घटनाका घाइते भेट्न भारतको केन्द्रीय सरकारकी राज्यमन्त्री नेपालमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ८, शनिबार (९ महिना अघि)
  • ४७ पटक पढिएको
दुर्घटनाका घाइते भेट्न भारतको केन्द्रीय सरकारकी राज्यमन्त्री नेपालमा

भाद्र ८, काठमाण्डौँ ।  नेपालमा शुक्रबार भएको बस दुर्घटनाका घाइते यात्रुहरूलाई भेट्न र मृत्यु भएकाहरूको शव लिएर जान भारत सरकारले एक केन्द्रीय मन्त्रीलाई काठमाडौं पठाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान काठमाडौं आएकी हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै उनी दुर्घटनाका घाइतेलाई भेट्न टिचिङ अस्पताल पुगेकी छन् । घाइते १६ भारतीय यात्रुको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रबार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस