अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरण : श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ८, शनिबार (९ महिना अघि)
  • ७० पटक पढिएको
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरण : श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश

भाद्र ८, काठमाडौँ ।  अमेरिकामा बेपत्ता नर्स  ममता काफ्ले भट्टको हत्या उनकै श्रीमान् नरेशदत्त भट्टले गरेको प्रहरीको दाबी छ। अदालतमा पेश गरेको कागजातमा उनको घरकै बेडरुममा हत्या गरेर शव बाहिर कतै घिसारेको प्रतिष्ठित समाचार संस्था सीएनएनले उल्लेख गरेको छ।

सीएनएनले प्राप्त गरेका ती काजातमा घरकै बेडरुममा हत्या गरेको प्रमाणस्वरुप बेडरुम र बाथरुममा रगत देखिएको बताइएको छ।

अदालतले नर्स ममताको शव लुकाएको आरोप भट्टलाई लगाएको छ। उनको घरमा खोजी वारेन्ट जारी गरेपछि बिहीबार भट्टलाई पक्राउ गरिएको थियो र शुक्रबार अदालतमा उपस्थित भएका थिए।

भट्टको अभियोग पत्रमा उजुरीमा भनिएको छ,  ‘जुलाई ३०, २०२४ मा आरोपी नरेश भट्टले आफ्नी श्रीमती ममता भट्टको हत्या गरेका थिए।’ भर्जिनिया निवासी ममता ३ हप्ताभन्दा बढी समयदेखि बेपत्ता छिन्।

अनुसन्धानको क्रममा ममताको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फरेन्सिक प्रमाण बरामद भएको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस