बेलकोटगढी नगरपालिका वडा नम्बर–१ स्थित यस श्री आरुखर्क माध्यामिक विद्यालयले पचासौं जन्मजयन्ती (स्वर्ण जयन्ती) मनाउदैछ । विं.स. २०३१ साल पौस ७ गते औपचारिक रुपमा स्थापित यस संस्थाले आफ्नो ५० वर्षे यात्रामा नुवाकोट जिल्लाको दक्षिणी भेगको जनतालाई निरन्तर शैक्षिक ज्योती छरेर अतुलनिय योगदान गर्दै आइरहेको छ।
आगामी दिनमा पनि यस संस्था आफ्नो लक्ष्य र प्रतिबद्दतालाई पछ्याउदै निरन्तर अगाडी बढ्नेछ भन्ने विश्वास लिएको छु । स्वर्ण जयन्तीको सुखद उपलक्ष्यमा सम्पुर्ण विद्यार्थी,अभिभावक,शिक्षक तथा शुभचिन्तकहरुमा शुभकामना व्यक्त गर्दछु ।
-जगतबहादुर गुरुङ
नगरप्रमुख,बेलकोटगढी नगरपालिका