पौष ३, काठमाडौँ । काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित शम्भुमार्गबाट ६८ लाख नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । उक्त रकमको स्रोत नभेटिएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका-७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका-७ घर भएका ३२ वर्षीय प्रवेश कुमार पौडेल र झापा बिर्तामोड नगरपालिका-५ घर भएका २७ वर्षीय युवराज सुवेदी छन् ।
प्रहरी वृत्त गौशलाबाट मंगलबार खटिएको प्रहरीले प्रदेश ३-०१-०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई उक्त रकमसहित पक्राउ गरेको हो । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ ।