सरकारको काम

‘श्रम संसार’ शुभारम्भ, रोजगारदाता र कर्मचारीको पुल बन्ने

  • अनलाइन केन्द्र
  • / रोजगार /
  • २०८२ बैशाख १८, बिहिबार (१ दिन अघि)
  • ८० पटक पढिएको
‘श्रम संसार’ शुभारम्भ, रोजगारदाता र कर्मचारीको पुल बन्ने

वैशाख, १८ काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सरकारले ‘श्रम संसार’ पोर्टल सुरू गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्माण गरेको उक्त पोर्टलको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरे ।

प्रधानमन्त्री ओलीले सरकार, निजी क्षेत्र र नागरिकलाई ‘श्रम संसार’ ले रोजगारदाता र कर्मचारीको पुलको काम गर्ने बताए । उनले भने, ‘यसले रोजगारीमा आबद्धता हुन सहजीकरण गर्नेछ । रोजगारदाताको नियमन र नागरिकमा श्रमको सम्मान गर्ने बानीको विकास हुनेछ । रोजगारदातालाई योग्य जनशक्तिको उपलब्धता सुनिश्चित हुनेछ ।’

श्रमिक, रोजगारदाता र रोजगार सेवाबीचको दूरी हट्ने पनि उनको विश्वास छ । निकट भविष्यमा नागरिक एपमा समावेश गर्दै सबै जनतासँगको पहुँच वृद्धिका लागि प्रधानमन्त्रीले निर्देशन दिए ।

उनले भने, ‘जब सीपमूलक जनशक्ति रोजगारीमा जोडिन्छ, समृद्ध नेपाल त्यतिबेला सम्भव हुन्छ । सुखी नेपाली त्यतिबेला सम्भव हुन्छ, जतिबेला श्रमिकको कल्याण महिलाको आत्मनिर्भरता र त्यसले निरन्तरता प्राप्त गर्दछ ।’

सरकारले आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरिसकेको सम्बन्धमा रणनीतिक कार्ययोजना तयार गरिरहेको उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस