कक्षा १२ को अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको हल्ला झुटो सावित

कक्षा १२ को अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको हल्ला झुटो सावित

बैशाख २१,काठमाडौँ । आइतबारदेखि सुरु भएको कक्षा १२ को बोर्ड परीक्षाको प्रश्नपत्र परीक्षा अगाडि नै सार्वजनिक भएको हल्ला झुटो सावित भएको छ । परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले यसबारेमा अनुसन्धान गर्दा सार्वजनिक अनिवार्य अंग्रजी विषयको प्रश्नपत्र अघिल्लो बर्षको भएको पुष्टि भएको हो । कार्यालयले सामाजिक सञ्जालमा भ्रमपुर्ण सुचना सम्प्रेषण गर्नेविरुद्ध कारवाहीको प्रक्रियामा जाने बताएको छ । साथै कार्यालयले परिक्षा जस्तो संवेदनशिल विषयमा गम्भिर हुन सरोकारवाला निकायलाई आग्रहसमेत गरेको छ ।

यसैबीच काठमाडौँ काठमाण्डु वर्ल्ड स्कुल, सूर्यविनायक, भक्तपुरले पनि एक प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ । स्कुलले
हालै केही सामाजिक सञ्जाल तथा विभिन्न माध्यमहरूमा काठमाण्डु वर्ल्ड स्कुलका परीक्षार्थीहरूले कक्षा १२ को परीक्षा शुरु हुनु अगावै प्रश्नपत्र प्राप्त गरे भन्ने भ्रामक र तथ्यहीन सूचनाहरू प्रचार–प्रसार भएकोप्रति हामी गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

विज्ञप्तीमा भनिएको छ-“स्कुल प्रशासन स्पष्ट रूपमा भन्न चाहन्छ कि यस्ता कुनै पनि सूचना सत्य होइनन्। यस किसिमको झूटा र भ्रम सिर्जना गर्ने गतिविधिले स्कुलको विधार्थीको मनोभावनामा नकारात्मक असर पार्न सक्ने तथा त्रासको वातावरण सिर्जना हुने हुँदा यसप्रति सबै पक्ष जिम्मेवार हुनका लागि अनुरोध गर्दछौं। उक्त समाचारबारे छानबिन भइ पुरानो प्रश्नपत्र रहेको पाइएको पनि पुष्टि भइसकेको जानकारी गराइन्छ।
हामी अभिभावक, विद्यार्थी, सञ्चारकर्मी र सरोकारवाला सबैलाई यस्ता भ्रममा नपरी यथार्थ बुझ्न अनुरोध गर्दछौं। भविष्यमा पनि स्कुलको शैक्षिक निष्ठा, पारदर्शिता र विद्यार्थीहरुको हितमा कुनै सम्झौता हुनेछैन भन्ने विश्वास दिलाउन चाहन्छौं। धन्यवाद।”

ताजा अपडेट

खोजी गर्नुहोस