चार वायुको प्रभाव कायमै, यी स्थानमा हुनेछ वर्षा

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ ८, बिहिबार (६ घण्टा अघि)
  • ४४ पटक पढिएको
चार वायुको प्रभाव कायमै, यी स्थानमा हुनेछ वर्षा

जेठ ८, काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही केही स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही र बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।

ताजा अपडेट

खोजी गर्नुहोस