बैशाख २७, काठमाडौँ । १२ औँ इन्डियन प्रिमियर लिग (आईपीएल) क्रकेटको दास्रो क्वालिफायरमा अहिले दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्सबिच प्रतिस्पर्धा भइरहेको छ।
चेन्नईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको दिल्लीले १४ ओभरको खेल सकिँदा चार विकेटको क्षतिमा ८५ रन बनाएको छ। उसका लागि कोलिन मुन्द्रो २७, शिखर धवन १८, श्रेयस अयर १३ , पृथ्वी शाह पाँच र अक्षर पटेल तीन बनाएर आउट भएका छन्।
दिल्लीका ऋषभ पन्त र शेरफन रेथारफोर्ड यतिवेला क्रिजमा छन्।
बलिङतर्फ चेन्नईका इमरान ताहिरले दुई तथा रविन्द्र जडेजा, हरभजन सिंह र दीपक चाहरले एक–एक विकेट लिए।
आजको खेलमा विजयी हुने टोली आईपीएलको फाइनमा प्रवेश गर्नेछ।