पाकिस्तानले हार्यो इंग्ल्याण्ड विरुद्धको एकदिवसीय सिरिज

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ जेष्ठ ६, सोमबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

जेठ ६,काठमाडौँ । पाचौँ तथा अन्तिम एकदिवसीय क्रिकेटमा इंग्ल्यान्डले पाकिस्तानलाई ५४ रनले हराएको छ ।

इंग्ल्यान्डले दिएको ३ सय ५२ रनको लक्ष्य पछाएको पाकिस्तान ४६ ओभर ५ बलमा अलआउट हुँदै २९७ रनमा समेटियो । पाकिस्तानका लागि कप्तान सरफराज अहमेदले ९७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ५१ रन बनाएको थियो ।

इंग्ल्यान्डका लागि जोय रुटले ८४ तथा कप्तान इयान मोर्गनले ७६ रनको अर्धशतकीय इनिङ्स खेले ।

योसंगै इंग्ल्यान्डले पाकिस्तानविरुद्धको पाँच खेलको सिरिज आफ्नो पक्षमा पारेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस