पुर्वराजा ज्ञानेन्द्रले दिए सार्कमा पदक विजेता खेलाडीलाई बधाई

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ मंसिर २४, मंगलबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर २४,काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले उत्कृष्ट प्रदर्शन गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले खेलाडीलाई बधाई तथा शुभकामना दिएका छन् ।

शाहले मंगलबार साँझ एक सन्देश जारी गर्दै नेपालले खेल क्षेत्रमा गर्दै आएको विकासप्रति खुसी व्यक्त गरेका छन् ।

उनले नेपालले गरेको प्रदर्शनले आफूलाई निकै खुसी बनाएको बताउँदै भनेका छन्, ‘आगामी दिनहरुमा पनि खेलकूद क्षेत्रमा अझ बढी उपलब्धि हासिल भइरहोस् भन्ने मेरो कामना रहेको छ ।’

ज्ञानेन्द्रले १३ औं साग सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक एवम् व्यवस्थापकप्रति धन्यवाद व्यक्र गरेका छन् । सागमा नेपाल ५१ स्वर्णपदक जित्न सफल भएको छ।

ताजा अपडेट

४ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस