इंग्लिस प्रिमियर लिग : लिभरपुलले वाटफोर्डलाई २–० ले हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ मंसिर २९, आईतबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर २९,काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलको लिग लिडर लिभरपुलले निरन्तर जितको यात्रालाई निरन्तरता दिएको छ ।

जारी सिजनमा अपराजित रहेको लिभरपुलले गएराति भएको खेलमा वाटफोर्डलाई २–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा मोहम्मद सालहले दुवै गोल गरे । खेलको ३८ औं मिनेटमा पहिलो गोल गरेर टिमलाई सुरुवाती अग्रता दिलाएका सलाहाले ९० औं मिनेटमा दोस्रा गोल गर्दै महत्वपूर्ण तीन अंक दिलाए ।

पुछारको टिम वाट्फोर्डलाई पराजित गरेपछि शीर्ष स्थानको लिभरपुलको १७ खेलबाट ४९ अंक भएको छ भने दोस्रो स्थानको लेस्टर सिटी भन्दा लिभरपुल १० अंकले अघि रहेको छ ।

गएराति नै भएको अर्को खेलमा उपाधि होडमा रहेको ठानिएको लेस्टर सिटी घरेलु मैदानमा भएको नर्विच सिटीसँग १–१ को बराबरीमा रोकिएको छ । खेलको २६ औं मिनेटमा पुकीको गोलबाट नर्विचले सुरुवाती अग्रता लिएको थियो । खेलको ३८ औं मिनेटमा नर्विचका गोल रक्षक क्रुलले आत्मघाती गोल गरेपछि लेस्टरले बराबरी गरेको थियो ।

यसअघिका ८ खेलमा गोल गरेको जेमी भार्डीको निरन्तर गोलयात्रामा पनि पूर्णविराम लागेको छ । लेस्टरको १७ खेलबाट ३९ अंक भएको छ । लेस्टर सिटी एक खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा सात अंकले अघि रहेको छ ।

लिग अन्तर्गत शनिबार राति नै भएका अरु खेलमा बोर्नमाउथले चेल्सी तथा वेष्ट ह्यामले साउथह्याम्पटनलाई समान १–० तथा शेफिल्ड युनाइटेडले एस्टन भिल्लालाई २–० ले पराजित गरेका छन् ।

ताजा अपडेट

३ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस