मंसिर ३०,काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (सोमबार) दुई खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा साढे १२ बजे हुने पहिलो खेलमा त्रिभुवन आर्मी र फ्रेन्ड्स क्लब भिड्नेछन् ।
दिउँसो हुने दोस्रो खेलमा दशरथ रंगशालामा संकटा र च्यासलले प्रतिस्पर्धा गर्नेछन् । लिगको पहिलो खेलमा चारै टोली जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछन् ।
लिगको तेस्रो खेलमा संकटा र च्यासलबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल दशरथ रंगशालामा दिउँसो साढे २ बजे सुरु हुनेछ ।