पिपिएल : बुटवल ब्लास्टर्सले धनगढी ब्लुजलाई ७ विकेटले हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ पौष ६, आईतबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष ६, काठमाण्डौँ । पोखरामा जारी पोखरा प्रिमियर लिग अन्तर्गत आजको दोस्रो खेलमा बुटवल ब्लास्टर्सले धनगढी ब्लुजलाई ७ विकेटले पराजित गरेको छ। जितसँगै बुटवल प्लेअपमा प्रवेश गरेको छ । टस हारेर ब्याटिङमा उत्रिएको धनगढीले कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकको सहायतामा १ सय ४० रन बनाएको थियो ।

यो खेलमा धनगढी पराजित भएसँगै ४ खेलमा एउटा मात्र खेल जितेर अंकतालिकाको पुछारमा छ । त्यस्तै समान ४ खेल खेलेको बुटवल ३ जित निकाल्दै ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

ताजा अपडेट

३ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस