ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप माघमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ पौष १०, बिहिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पौष १०, काठमाण्डौँ । ढोरपाटन स्पोर्टस् क्लबको आयोजनामा १५औँ संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप आगामी माघमा हुने भएको छ । आगामी माघ १६ देखि २८ गतेसम्म हुने उक्त च्याम्पियनसिपमा विभिन्न १२ टोलीले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलमा आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिनुभयो ।

सो च्याम्पियनसिपमा न्यु डायमन्ड एकेडमी, टप्स मावि, बुलबुले रारा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) रहेका छन् । त्यसैगरी पारामाउण्ट मावि, चुली युवा क्लब, चितवन टाइगर्स, थ्री स्टार एकेडमी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र आयोजक ढोरपाटन क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले रु चार लाख पाँच हजार तथा उपविजेताले रु दुई लाख पाँच हजार पाउनेछन् । तेस्रो हुने टोलीले रु एक लाख पाँच हजार, चौथो हुनेले रु ७५ हजार, पाँचौँले ५५ हजार, छैठौँले ४५ हजार तथा सातौँ हुने टोलीले रु ३५ हजार पाउने छन् ।

ताजा अपडेट

४ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस