पोखरा प्रिमियर लिगमा चितवन राइनोजको जित, २७ लाख पुरस्कार हातमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ पौष १२, शनिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पौष १२, पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को उपाधि चितवन राइनोजले जित्न सफल भएको छ । पोखरा क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो ।

२ सय ३ रनको फराकिलो लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन मात्र बनायो । मोहमद जैद आलमले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । ४८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे पहि टिमलाई जित दिलाउन भने सकेनन् । यस्तै कप्तान प्रदिप सिंह ऐरीले ३६ , पुनित मेहेराले ३२ र नोमान खानले १८ रन बनाए ।

चितवनका करन केसीले ३ तथा सन्नी पटेलले २ विकेट लिए । यस्तै रोहण मुस्तफाले समान १र१ विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनाएको थियो । चितवनको फराकिलो स्कोरमा अनिल कुमार शाह र रोहन मुस्तफाले अर्धशतकिय इनिङ्स खेले ।

दुवै ब्याट्सम्यानले समान ५०–५० रन बनाए । यस्तै कप्तान पारस खड्काले २५, आरिफ शेखले १९, सन्नी पटेलले १६ र करण केसीले २६ रनको योगदान गरे । विराटनगरका पुनित मेहेराले र जैद आलमले समान २र२ विकेट लिए । किशोर महतोले १ विकेट लिए । पारस खड्काको कप्तानीमा रहेको चितवनले उपाधिसहित रु २७ लाख पुरस्कार पायो । उपविजेता बनेको विराटनगरले रु १० लाख पुरस्कार हात पारेको छ ।

ताजा अपडेट

३ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस