पौष १४, काठमाण्डौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज सोमबारदेखि चौथो चरणका खेल सुरु हुँदैछन् । आज सोमबार दुईवटा खेलहरु हुने भएका छन् । पहिलो खेलमा एनआरटीले मच्छिन्द्र क्लबको सामना दिउँसो १२ बजेपछि एन्फा कम्प्लेक्स सातदोबाटोमा गर्नेछ ।
अहिलेसम्म भएका तीन मध्ये दुई खेलमा जित र एकमा हार बेहोरेको एनआरटी ६ अंकसहित पाँचौँ स्थानमा छ । यस्तै दुई खेलमा जित र एकमा बराबरी गरेको मच्छिन्द्र क्लब सात अंकसहित दोस्रो स्थानमा छ । यस्तै सोमबार हुने दोस्रो खेलमा फ्रेन्डस क्लबले मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्ने छ । खेल दिउँसो तीन बजेपछि दशरथ रंगशालमा हुनेछ । अहिलेसम्म भएका सबै तीन खेल जितेको मनाङ ९ अंकसहित शीर्ष स्थानमा छ ।