पौष १७, काठमाण्डौँ । शहीद स्मारक ए डिभिजन लिगमा आज सरस्वती युथ क्लव र विभागिय टिम एपिएफ भिड्दै छन् । आज हुने खेलमा दुवै टिम स्पस्ट ३ अंक जोड्दै जितको खडेरी तोड्न चाहन्छन् । अंकतालिकाको पुछारमा रहेको सरस्वती युथ क्लव र १२ औं स्थानमा रहेको एपिएफले जारी सिजन जित निकाल्न सकेका छैनन् । दुवै टोलीले समान ३ खेल खेल्दा सरस्वती क्लव ३ वटै खेलमा पराजित भएको थियो भने एपिएफ २ खेलमा पराजित र १ बराबरीमा रोकिएको थियो ।
दुवै टोलीका लागि आजको खेल अंक जोड्दै माथि उक्लिन महत्वपूर्ण हुनेछ । खेल सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा दिउँसो ३ बजे शुरु हुनेछ ।