पौष १७, काठमाण्डौँ । जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय क्लब एपीएफले पहिलो जित निकालेको छ । एन्फा मैदान सातोबाटोमा भएको खेलमा एपीएफले सरस्वती क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
लिगमा एक खेलमात्रै बराबरी गरेको एपीएफले जितसँगै तालिकामा चार अंक बनाएको छ । सरस्वतीले अहिलेसम्म जित्न सकेको छैन ।