शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ पौष २३, बुधबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

पौष २३, काठमाण्डौँ । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा लिग उपाधिको समेत दाबेदार मानिने थ्री स्टार क्लबले ब्रिगेड ब्वाइज क्लबको सामना गर्ने छ । आजको खेलमा जित निकालेको खण्डमा उसको तालिकाको दोस्रो स्थानमा रहेको मछिन्द्रको समान १० अंक हुनेछ ।

आजको खेलमा जित निकाल्दै शीर्ष टिमहरुसँग अंकदुरी घटाउन चाहन्छ ब्रिगेड। खेल आज दिउँसो १२ बजे शुरु हुनेछ । दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । त्यस्तै आजै हुने दोस्रो खेलमा च्यासल युथक्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । खेल आज दिउँसो ३ बजे शुरु हुने छ ।

तस्वीरः एन्फा

ताजा अपडेट

३ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस