पौष २३, काठमाण्डौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर सन्तोष शाहुखलले सहिद स्मारक ए डिभिजन लिगमा कीर्तिमानी १०० गोल पूरा गरेका छन् ।
यससँगै च्यासल युथ क्लबबाट खेलिरहेका सन्तोष ए डिभिजन लिगमा १ सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।