ए डिभिजन लिग : आजदेखि छैटौं चरणको खेलहरु हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ पौष २६, शनिबार (५ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

पौष २६, काठमाण्डौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत छैटौं चरणका खेलहरु शनिबारदेखि सुरु हुँदै छ । पाँचौ चरणका जस्तै छैटौं चरणका खेलहरु सबै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छन् । छैटौं चरणको पहिलो दिन शनिबार २ वटा खेल हुने छन् । पहिलो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र आमने सामने हुने छन् । यो खेल मध्याह्न १२ बजेदेखि सुरु हुने छ । यी दुवै टिम अपराजित छन् ।

दोस्रो खेलमा दिउँसो ३ बजे दोस्रो स्थानको मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा आमने सामने हुने छन् । मनाङ विजयी हुँदै शीर्ष स्थानमा पुग्ने लक्ष्यमा रहँदा शेर्पा भने पहिलो जित निकाल्दै तीन अंकको खोजिमा हुने छ ।

ताजा अपडेट

३ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस