सन्तोष सुवेदी
पौष २७, धादिङ । धादिङको धुनिबेशिनगरपालिकामा आईतवारबाट राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीता सुरु भएको छ । धुनिबेशिनगरपालिका वडा नम्बर ५ मा अबस्थित भुवनेश्वरी माध्यमिक बिद्यालयको प्राङ्गडमा भएको प्रतियोगीता नगरप्रमुख बालकृष्ण आचार्यले उद्घाटन गरेका थिए । उनले खेल क्षेत्रले आत्मबिश्वास बढ्नुका साथै खेलले स्वास्थ्यलाई पनि फाईदा पुग्ने बताउँदै खेल क्षेत्रको बिकासको लागी नगरपालिका लागी पर्ने बताए ।
उनले खेल क्षेत्रलाई अझ सशक्त बनाउँदै लैजाने बताए । स्वास्थयको लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मूल नारालाई आत्मसाथ गर्दै सुरु भएको खेलमा धुनिबेशिनगरपालिका भित्रका १५ वटा सामुदायिक बिद्यालय तथा सँस्थागत बिद्यालयको सहभागीता रहने छ ।
प्रतियोगीतामा दौड, भलिवल, कवड्डी, हाईजम्प, लङ्जम्प, सटपुट,ट्याक तर्फ एक सय मिटर, दुई सय मिटर, एक सय मिटर, रिले दौड लगायतका बिधामा रहेर खेल हुने भुबनेश्वरी माध्यमिक बिद्यालयका प्रधानाध्यापक गणेश रेग्मीले बताए । धुनिबेशिनगरपालिकाको आयोजना तथा भुवनेश्वरी माध्यमिक बिद्यालयको सँयोजनमा प्रतियोगीता सञ्चालन भएको हो । आईतवारबाट सुरु भएको खेल २९ गतेसम्म सञ्चालन हुनेछ ।