माघ ४, काठमाण्डौ । अष्ट्रेलियासँगको दोश्रो एक दिवसीय क्रिकेटमा भारत ३६ रनले विजयी भएको छ । ३ सय ४१ रनको लक्ष पाएको अष्ट्रेलिया ४९ ओभर १ बलमा ३ सय ४ रनमा अलआउट भयो । योसँगै तीन खेलको श्रृंखला १–१ को बराबरीमा पुगेको छ ।