ए डिभिजन लिगमा आज २ खेल हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ माघ ४, शनिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ ४, काठमाण्डौ । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार दुई खेल हुदैछ । पहिलो खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब तथा दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

जावलाखेल र पुलिस क्लब मध्यान्न १२ बजे एन्फा कम्प्लेक्समा भिड्नेछन् । दुवै टिम जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ । पुलिस ६ खेलमा २ खेलमा जित, २ मा हार, २ बराबरी सहित ८ अंक जोडेर तालिकाको सातौ स्थानमा छ ।

जावलाखेल २ खेलमा जित, १ मा हार र ३ बराबरी सहित ९ अंक जोडेर पाँचौ स्थानमा छ । आजै हुने दोस्रो खेलमा लिगकै ठुलो क्लब मानिने मनाङ मस्र्याङ्दी र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

ताजा अपडेट

९ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस