माघ ६, काठमाण्डौ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातौं चरणका खेलहरु आज सकिँदैछन् । सातौं चरणको अन्तिम दिन आज ब्रिगेड ब्वाइज क्लबले संकटासँग खेल्दा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबको सामना गर्नेछ ।
आजको खेल जितेको खण्डमा आर्मी क्लबले अंक तालिकाको शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता बनाउनेछ । आर्मी क्लबले ६ खेलबाट १३ अंक जोडेको छ ।