माघ ७, काठमाण्डौ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को विश्व वरियतामा नेपाल यथावत रहेको छ । आईसीसीले हिजो सार्वजनीक गरेको नयाँ वरियतामा एक दिवसिय तथा ट्वेन्टी ट्वेन्टी दुबैतर्फ नेपालको वरियता यथावत छ । एक दिवसीयतर्फ नेपाल १७ औं स्थानमा छ भने टि(ट्वेन्टीतर्फ १४ औं स्थानमा रहेको छ । यसअघि पनि नेपालको वरियता यही थियो ।
एक दिवसिय वरियतामा नेपालको स्थान अहिलेसम्मकै खराब हो । नेपालभन्दा तल नामिबिया, युएई र पपुवा न्युगिनी रहेका छन् । विश्व एक दिवसिय वरियतामा अहिले इंग्ल्याण्ड शिर्ष स्थानमा रहेको छ । यस्तै, टि ट्वेन्टीतर्फ अहिले पाकिस्तान शिर्ष वरियतामा रहेको छ ।