माघ ८, काठमाण्डौ । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज आठौं चरणको पहिलो खेल हुँदैछ । आजको खेलमा हेविवेट मानिने मछिन्द्र र विभागीय टोली नेपाल पुलिस क्लब भिड्दै छन् ।
अंक तालिकाको दोस्रो स्थानमा रहेको मछिन्द्र क्लब आजको खेलमा जित निकाल्दै शीर्षस्थानको आर्मीसँग अंक बराबरी गर्ने दाउमा हुनेछ । मछिन्द्र क्लबको १३ अंक छ भने शीर्षस्थानमा रहेको आर्मीको १६ अंक छ । खेल दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।