माघ ९, काठमाण्डौ । कोपा डेल रे को सर्वाधिक सफल टिम बार्सिलोना अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले तेस्रो डिभिजनको इबिजालाई दुई–एक गोल अन्तरले हरायो । ३० पटकको कोपा डेल रे च्याम्पियन बार्सिलोनालाई जित दिलाउनका लागि एन्ट्वान ग्रिजम्यान नायक बने ।
सुरुमै एक गोलले पछि परेको बार्सिलोनाले खेलको अन्तिम समयमा गोल फर्काउन सफल भयो । लियोनल मेस्सी र जेरार्ड पिकेलाई आराम दिइएको खेलमा इबिजाले नवौं मिनेटमै अग्रता लियो । इबिजाको मैदानमा भएको खेलमा जाभी पेरेजको गोलमार्फत घरेलु टिमले अग्रता लिएको थियो ।