माघ १६, काठमाण्डौ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा फ्रण्ड्स क्लब च्यासल युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ ।
दशरथ रंगशालामा हुने यी दुई टोलीबीचको खेल मध्यान्ह १२ बजे सुरु हुनेछ । आजको खेलमा जित निकालेर शीर्ष ६ मा रहने प्रयास दुबै टिमले गर्नेछ । च्यासलल आठ खेलबाट आठ नौ अङ्क बनाउँदै नवौं स्थानमा छ । उसले लिगमा तीन बराबरी र तीन हारको नतिजा निकाल्दा दुईवटा खेलमात्र जित्न सफल भएको छ ।