माघ १६, काठमाण्डौ । राजेश परियारले दुई गोल गरेपछि एनआरटीले सहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाईज क्लबलाई पराजित गरेको छ ।
बिहीबार दशरथ रंगशालामा भएको नवौं चरणको अन्तिम खेलमा एनआरटीले ब्रिगेडलाई २,० ले पराजित गरेको हो । जितपछि ९ खेलबाट १५ अंक जोड्दै एनआरटी अंक तालिकामा चौथो स्थानमा उक्लेको छ ।