माघ १८, काठमाण्डौ । पन्ध्रौँ संस्करणको ‘ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनशिप’मा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र न्यू डायमण्ड स्पोस्र्टस क्लब दोस्रो दिनको खेलमा लगातार विजयी भएका छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–० सेटमा तथा न्यू डायमन्डले चुली क्लबलाई ३–१ सेटमा पराजित गरेको हो ।
एपिएफले आर्मीलाई २५–२२, २५–२२ र २५–१७ अङ्कले हराएको हो । एपिएफ लगातार दोस्रो खेलमा विजयी भएको हो । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उदीयमान, वर्ष खेलाडी र प्लेयर अफ दी सिरिज हुनेले स्कुटर प्राप्त गर्नेछन् । यस्तै एक दर्शक र ग्रेट अचिभमेन्ट अवार्ड विजेतालाई एक एक थान मोटरसाइकल प्रदान गरिनेछ ।