एसीसी इस्टर्न रिजन टी-२० कपका लागि १८ खेलाडी छनोट

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ माघ १८, शनिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ १८, काठमाण्डौ । थाइल्याण्डमा आयोजना हुने एसीसी इस्र्टन रिजन मेन्स टी २० कप क्रिकेटका लागि नेपाल क्रिकेट संघले १८ खेलाडीको नामावली सार्वजनिक गरेको छ ।

जसमा शेर मल्ल पहिलो पटक सिनियर टिमको १८ खेलाडीको सूचीमा परेका छन भने भुवन कार्कीले कमब्याक गरेका छन । यसपटक अनुभवी खेलाडी शरद भेषवाकर, बसन्त रेग्मी टिममा परेका छैनन् ।

त्रिकोणात्मक सिरीजका लागि छनोट भएका १८ खेलाडीको सूचीमा रहेका सुवास खकुरेल अटाएनन् । यहि सूचीबाट क्यानले १४ खेलाडी छनोट गर्नेछ । सोमपाल कामी सो बेलासम्मपनि ठीक नहुने भएकाले टिममा राखिएको छैन । उनी भिटामिन डी को कमिका कारण हाल पुर्ण रूपमा फिट छैनन् ।

थाइल्याण्डमा फेब्रेवरी २९ देखि मार्च ६ तारिखसम्म हुने प्रतियोगितामा नेपाल समुह ए मा छ । जसमा नेपाल रहेको समुहमा थाइल्याण्ड, मलेसिया र चीन छन । समुह बी मा हङकङ, सिंगापुर, भुटान र म्यानमार छन ।

नेपालले प्रतियोगिताको पहिलो खेल म्यानमारसँग खेल्नेछ । दोस्रो खेलमा नेपालको प्रतिद्धन्द्धी थाइल्याण्ड छ भने तेस्रो खेल मलेसियासँग खेल्नेछ । दुई समुहको शिर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन । प्रतियोगिताको विजेताले पाकिस्तानमा हुने एसीसी एसिया कपमा स्थान बनाउने छ ।

ताजा अपडेट

९ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस