माघ १९, काठमाण्डौ । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । आज विभागीय टिम त्रिभूवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुँदैछ ।
आर्मी र पुलिसबीचको भिडन्त त्रिपूरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो तीन बजे हुनेछ । ए डिभिजन लिगको पहिलो उपाधि जित्ने दाउमा रहेको आर्मी अहिले २० अंक सहित दोस्रो स्थानमा छ ।