फ्रेन्च लिग वान फुटबल : नेइमार बिनाको खेलमा पीएसजीको संघर्षपूर्ण जित !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ माघ २२, बुधबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

माघ २२, काठमाडौ । नेइमार बिनाको खेलमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले संघर्षपूर्ण जित निकालेको छ । फ्रेन्च लिग वान फुटबल अन्तर्गत गएराति भएको खेलमा पीएसजी नान्टेसलाई २–१ ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन माउरो इकार्डी र थिलो खेराले गोल गरे । नान्टेसका लागि सिमोनले एक गोल फर्काए । बुधबार २८ औं वर्षमा प्रवेश गरेका नेइमारले पेरिसमा जन्मदिनको भव्य पार्टी दिएका थिए ।

करङमा समस्या रहेका बेला पार्टी दिएका नेइमारलाई प्रशिक्षक थोमस टुसिलले नान्टेससँगको खेलमा राखेनन् । तर पार्टी र टिममा नेइमार समावेश नगरिनुमा कुनै सम्बन्ध नरहेको प्रशिक्षकको दाबी छ ।

जितपछि पीएसजीले लिगमा १५ अंकको अग्रता लिएको छ । शीर्ष स्थानको पीएसजीको २३ खेलबाट ५८ अंक भएको छ भने दोस्रो स्थानको मार्सेलीको ४३ अंक छ ।

ताजा अपडेट

९ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस